Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • दक्षिण एसियाका दर्जनौ होटलहरुलाई पछि पार्दै होटल मेची क्राउनले जित्यो ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ को उपाधि

    दक्षिण एसियाका दर्जनौ होटलहरुलाई पछि पार्दै होटल मेची क्राउनले जित्यो ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ को उपाधि

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 1.6K
    SHARES

    झापा । झापाको धुलाबारीमा सञ्चालित पाँचतारे होटल मेची क्राउन ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।

    नेपाल, भारत,बंगालादेश, श्रीलंका,माल्दिभ्स, भुटानका करिब २ सय वटा होटेलहरूकाबीच भएको प्रतिस्पर्धाबाट लीडिङ एण्ड वेडिङ तथा कन्फ्रेरेन्स होटलररिसोर्ट क्षेत्रमा मेची क्राउनले अवार्ड जितेको हो ।



    सो अवार्ड होटलका तर्फबाट सहायक प्रबन्धक निरंजन श्रेष्ठ ग्रहण गरेका थिए । दक्षिण एसियाका दर्जनौ होटलहरुलाई पछाडि पार्दै मेची क्राउनले उत्कृष्ट अवार्डको ताज हात पारेको हो ।



    मेची क्राउनका सञ्चालक बलराम सापकोटा अवार्डसँगै आफुहरुलाई थप जिम्मेवार बनाएको बताउँछन् । सन २०१६ बाट बाट सुरु भएको अवार्ड यस वर्ष १० अक्टोबरमा भारतमा सम्पन्न भएको थियो । होटल वातावरण मैत्री हिसाबले सेवा दिइरहेको सञ्चालक सापकोटाकाले बताए ।

    होटलका सञ्चालक सापकोटाका अनुसार ५० करोड बढी लगानीमा सयवटा कोठा थप्न हाल होटलको भवन निर्माणको काम धमाधम भइरहेको छ । विवाह र पार्टीको सिजनमा रूम अपुग हुन थालेपछि सयवटा रूम थप्न लागिएको उनले जानकारी दिए ।

    हाल होटलमा एक सय ५ वटा कोठा छन् । जसमा पाँच वटा स्विट, पाँच वटा भिला र ९५ वटा डिलक्स छन् । यी सबै कोठामा गरेर एकपटकमा १६० जना बस्न सक्ने क्षमता छ । झापाको भद्रपुर विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटर दुरीमा रहेको यो होटल २०७८ साल वैशाख १ गतेबाट सञ्चालनमा आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार