काठमाडौं । एसिसी यू–१९ प्रिमियर कपमा ओपन अर्जुन कुमालले शतक बनाएका छन् ।
मलेसियाको युगसडी युकेएम ओभलमा जारी समूह चरणको अन्तिम खेलमा साउदीविरुद्ध ब्याटिङ गरेका अर्जुनले शानदार शतक प्रहार गरेका हुन ।
अर्जुनले ९४ बलमा ११ चौकासहित शकत बनाए । उनले दीपक बोहोरा र आकाश त्रिपाठीसँग ठूलो अंकको साझेदारी गर्दै शतक प्रहार गरेका हुन् ।
आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् । ४१औं ओभरको खेल चलिरहँदा नेपालले ३ विकेट गुमाएर २८३ रन बनाएर खेलिरहेको छ ।
Leave a Reply