Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सरकार सुरक्षित छैन, मुख्यमन्त्रीमा कार्कीलाई विश्वासको मत दिन सकिन्न : राप्रपा

    सरकार सुरक्षित छैन, मुख्यमन्त्रीमा कार्कीलाई विश्वासको मत दिन सकिन्न : राप्रपा

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 909
    SHARES

    विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।

    बुधबार प्रदेश सभामा बोल्दै राप्रपा संसदीय दल नेता भक्तिप्रसाद सिटौलाले सरकार सुरक्षित नरहेको भन्दै विश्वासको मत नदिने बताए ।



    उनले भने–‘सबै दलले मत दिने भएपछि हामी रिक्त प्रतिपक्षको ठाउँमा बस्छौं । राप्रपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ।’



    उनले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकोले विपक्षमा मतदान गर्ने बताए। ‘हामी तरवारको धारमा छौं। होसियारका साथ सरकार चलाउनुहुनेछ भन्ने आशा छ,’ उनले भने–‘प्रदेशको स्थिरता अहिलेको चासोको विषय हो।’  कोशीमा राप्रपाका ६ जना सांसद छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार