Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • आर्थिक सूचकाङ्क सन्तोषजनक

    आर्थिक सूचकाङ्क सन्तोषजनक

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 450
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो महिनामा पनि शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपियाँले घाटामा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपियाँले घाटामा रहेको थियो ।



    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई ८५ करोड आठ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्बले धनात्मक रहेको छ ।



    अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ४६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको थियो । गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार