Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

    लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसलाई पराजित गरेको छ ।

    लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले लाओसलाई १–० गोलले पराजित गरेको हो । यो सँगै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।



    समग्रमा २–१ को जित निकालेर नेपाल दोस्रो चरणमा पुगेको हो । नेपालको जितमा मनिष डाँगीले गोल गरे । मनिषले खेलको ५२ औँ मिनेटमा अञ्जन विष्टको पासमा गोल गरे ।



    गएको बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएको खेलमा नेपाल लाओससँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अब नेपालले समूह ‘एच’ मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट ‘होम एन्ड अवे’ का आधारमा खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार