एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति बाइडेनले कोलोराडो भ्रमणको योजना रद्द गरेर इजरायल जान लागेका हुन् ।
प्यालेस्टिनको विद्रोही समूह हमासले गरेको आक्रमणपछि इजरायलले गरिरहेको जवाफी आक्रमण र अबको योजनाबारेमा जानकारी लिन उनी इजरायल जान लागेको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारी दिए ।
उनले गाजामा मानवीय सहायताको अवस्थाबारेमा पनि जानकारी लिने कार्यक्रम छ ।
यस्तै, बाइडेन इजरायल भ्रमणपछि मध्यपर्व सुरक्षाको बारेमा छलफल गर्न जोर्डन जाने कार्यक्रम छ । इजरायली सेनाले गाजामा रकेट आक्रमण गरिरहेको छ ।
Leave a Reply