काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ ।
सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो ।
श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो । श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३.३ ओभरमा २०९ रनमा अलआउट भयो ।
Leave a Reply