Online Nepal
  • शनिबार, २० पुष २०८१
  • भोलि गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्ड

    भोलि गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 525
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारबाट गैरआवासीय नेपालीहरूलाई नागरिकता वितरणको शुभारम्भ गर्दैछन् ।

    प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्न लागेका हुन् ।



    मंगलबारबाटै गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ११औँ विश्व सम्मेलन काठमाडौंमा सुरु हुँदैछ ।



    सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको गर्ने प्रधानमन्त्रीको सचिावलयले जनाएको छ । यस्तै कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ।

    पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार