Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • बीआरआई सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान

    बीआरआई सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 795
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार चीन प्रस्थान गरेका छन् ।

    चीनमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन बीआरएफमा सहभागी हुन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान गरेका हुन्।



    मंगलबार र बुधबार चीनको राजधानी बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुनेछ ।



    सो कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन् । चीन भ्रमणका क्रममा उनले चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् चिनियाँ कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वाङ सियाङसीसँग भेटवार्ता गर्नेछन् ।

    सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा गृहमन्त्री श्रेष्ठ सहभागी हुने बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार