Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • खाद्यले सुरु गर्‍यो खसी, बोका र च्याङ्ग्रा बिक्री

    खाद्यले सुरु गर्‍यो खसी, बोका र च्याङ्ग्रा बिक्री

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दशैंका लागि आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गरिने भएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले आजदेखि सहुलियतमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।

    धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा आज बिहान काठमाडौं ल्याइने र आजैबाट बिक्री सुरु गरिने कम्पनीले जनाएको छ ।



    कम्पनीले खसी, बोका र च्याङ्ग्रा वाग्मती प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री गर्नेछ ।



    कम्पनीले यसवर्ष खसी, बोका र च्याङ्ग्रा खरिदका लागि ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, पशु सेवा विभागले आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरेर चिह्न लगाउन शुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार