Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • भन्सार छलीको १० लाख बराबरको औषधि बरामद

    भन्सार छलीको १० लाख बराबरको औषधि बरामद

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 921
    SHARES

    काठमाडौं । प्रहरीले पश्चिम नवलपरासीबाट भन्सार छली गरेर नेपाल भित्र्याएको १० लाख बराबरको औषधि बरामद गरेको छ ।

    इलाक प्रहरी कार्यालय महेसपुरको गस्ती टोलिले सिमानाका क्षेत्रमा चेकिङको क्रममा औषधि बरामद भएको हो ।



    जिल्लाको भारतीय सीमावर्ती पाल्लिनन्दन गाउँपालिका-१, बन्धाबाट विभिन्न ९ प्रकारको औषधि बरामद गरेको छ।



    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बरामद भएको औषधि भन्सार कार्यालय महेसपुरमा बुझाइने छ ।

    भन्सार छली गरेको औषधि बरामद भएपनि तस्करीमा संलग्न व्यक्ति भने सामान छोडेर फरार भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार