Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लापरबाहीले भयावह बन्दै संक्रमण, भारतीय कामदारबाट जोखिम

    लापरबाहीले भयावह बन्दै संक्रमण, भारतीय कामदारबाट जोखिम

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 2.9K
    SHARES

    वीरगन्ज/लहान । कोरोना संक्रमणबाट बिहीबार जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) को नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भयो। भारतीय नागरिक उनको मृत्युसँगै इन्टरप्राइजेजका सम्पूर्ण कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ।

    संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए। बिहीबार शरीरमा अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार अघि बढाइएको थियो। राति साढे ११ बजे उनको मृत्यु भएको अस्पताल प्रमुख डा. मदन उपाध्यायले बताए।



    असार अन्तिम साता वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा तीनजनामात्र संक्रमित थिए। पालिकाहरूका क्वारेन्टिन पनि प्रायः खाली भइसकेका थिए। ‘महानगर कोरोनामुक्त हुने भएपछि हामी हौसिएका थियौं’, वीरगन्ज महानगर प्रमुख विजय सरावगीले नागरिकसँग भने, ‘अचानक आएको कोरोनाको बाढीले समुदायका कुनै वर्गलाई छोडेन। मँ आफैं पनि संक्रमित भएँ।’ यो बाढी कहाँबाट पस्यो ? सरोकारवाला सबै नाजवाफ छन्। खुला सीमाको फाइदा उठाएर पारिबाट लुकेर छिरे भन्दै सुरक्षा अधिकारीहरु पन्छिरहेका छन्। सीमा सुरक्षाको जिम्मा संघीय सरकारको हो भन्दै प्रदेश सरकार उम्किरहेको छ। लकडाउन खुकुलो पारिए पनि सीमाको सिल ब्रेक गरेका होइनौं भन्दै संघीय सरकार पन्छिँदैछ।



    सशस्त्र प्रहरीका प्रदेश २ प्रमुख डिआइजी कृष्णभक्त ब्रह्मचार्यका अनुसार सरकारले तोकिदिएको नाकाबाट प्रवेश गर्नेहरुलाई सुरक्षाकर्मीले सम्बन्धित पालिकाको जिम्मामा र कामदारलाई सम्बन्धित उद्योगको जिम्मामा क्वारेन्टिन बस्नेगरी पठाउने गरेका छन्। ‘सीमाबाट कामदार लिएर जाने उद्योगले कामदारलाई १४ दिन क्वारेन्टिनमा नराखी बिनापरीक्षण काममा लगाउँछ भने त्यसको जिम्मेवार उही हुन्छ’, डिआइजी ब्रह्मचार्यले भने, ‘सीमाबाट सुरक्षाकर्मीले त्यत्तिकै कसैलाई पनि छोडेको छैन।’

    ‘लकडाउन खुकुलो भएपछि पारिबाट लुकीछिपी भित्रिएका कामदारबाट कोरोना संक्रमण फैलिएको देखिन्छ।’

    साउन ७ गतेबाट सरकारले लकडाउन खोले पनि भारतसँगको तोकिएका नाकाबाहेक अन्यत्रबाट आवागमन बन्द राख्ने निर्णय गरेको थियो। तर लकडाउनकै अवधिमा जगदम्बा इन्टरप्राइजेजमा भारतीय कामदार भित्र्याइयाे उनीहरूबाटै वीरगन्ज र आसपासका क्षेत्रमा संक्रमण फैलिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार