काठमाडौं । अग्रिम टिकट बुकिङ् खुलेको पाँच दिनमा ९५ हजारले अग्रिम टिकट बुकिङ् गरेका छन् ।
काठमाडौंबाट दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि ९५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अग्रिम रुपमा काटिएका टिकटहरुमध्ये २० प्रतिशत अनलाइनबाट बुकिङ् भएको छ ।
सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्षितगरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो।
नयाँ बसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन् ।
Leave a Reply