Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल टेलिकमले ल्यायो चाडपर्व लक्षित अफर, ४९ रुपैयाँमै अनलिमिटेड डाटा

    नेपाल टेलिकमले ल्यायो चाडपर्व लक्षित अफर, ४९ रुपैयाँमै अनलिमिटेड डाटा

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 696
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । टेलिकमले नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउन लागेको हो ।

    यस अन्तर्गत कम्पनीका ग्राहकहरूका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने छ ।​ दशैंका लागि यो अफर असोज २८ गते आइतवारदेखि प्रारम्भ हुनेछ भने आगामी कात्तिक १० गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।



    अफर अन्तर्गत रु। ४९ मा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी रु. ९८ मा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने रु. १९९ मा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, रु.२९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र रु. ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ ।



    यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।​​

    पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने छ ।

    यस अनुसार रु.२०० देखि रु.४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु। ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

    यसअघि रु.१४९९ पर्ने सजिलो अनलिमिटेड प्याकेज अबदेखि रु। ११९९ मा उपलब्ध हुनेछ । यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार