Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • नेपालसँगको सम्बन्धलाई चीनले अधिक महत्व दिएको छ : चिनियाँ राष्ट्रपति

    नेपालसँगको सम्बन्धलाई चीनले अधिक महत्व दिएको छ : चिनियाँ राष्ट्रपति

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धको विकासमा ठूलो महत्त्व दिएको बताएका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएका हुन्।

    राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग काम गर्न गर्न इच्छुक रहेको समेत सिन्ह्वाले जनाएकाे छ। चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश समेत साटासाट गरेका छन् । ताकि द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् ।



    चिनियाँ राष्ट्रपति सीले यस कारण पनि नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ताकि दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकियोस् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार