Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • अर्थतन्त्रमा सुधारको प्रयास

    अर्थतन्त्रमा सुधारको प्रयास

    अनलाइन नेपाल
  • सोमबार, २७ माघ २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । आयातमुखी व्यापारमा केन्द्रित भएको अर्थतन्त्रलाई सरकारले सुधारको प्रयास गरेको छ। चालु आर्थिक वर्षमा परिवर्थत गरिएका केही राजस्व नीति र आयकरमा गरिएको व्यवस्थाले यसको सुधारमा सहयोग पुर्‍याएको देखिएको छ।

    व्यापार घाटा निरन्तर बढ्दै गएपछि नेपालको अर्थतन्त्रमा गम्भिर धक्‍का परिहरको अवस्था सरकारले व्यावपार घाटा न्युनिकरणका साथै देशको खर्चको लागि आवश्यक पर्ने राजस्वको व्यवस्था गर्नु पर्ने चुनौति देखिएको थियो ।



    चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सरकारले गत वर्षको तुलनामा करिब ३७ अर्ब रुपैयाँले व्यापार घाटा कम हुदा भन्सार महसुल भने साढे एक अर्ब रुपैयाँले घटेको छ ।



    तर नेपालीहरूको आम्दानीमा आधारिक कर आय कर भने गत वर्षको सहो अवधिको तुलनामा २६ अर्ब रुपैयाँले बढेको छ। गत वर्षको ६ महिनाको अवधिमा ४४ अर्ब ४३ करोड रुपैयाँको आय कर उठाएकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवबधिमा एक खर्ब १२ अर्ब ६० करोड रुपैयाँको कर आयकर उठेको छ।

    सरकारले उच्च वर्गलाई केही कस्दै मध्यम वर्गलाई प्रोत्साहन र न्युन वर्गलाई छुटको नीतिबाट कर बढाउने योजना अघिब ढाएको थियो । जसको प्रभाव आयकरमा देखिएको हो। चालु आर्थिक वर्षको ६ महिनामा यसको प्रयाप्त असर देखिएको छ ।

    गत असारमसम्मको तुलनामा चालु आर्थि वर्षको ६ महिनाको अवधिमा स्थायी लेखा नम्बर लिनकै संख्या ४४ प्रतिशतले वृद्धि भएको छ भने मूल्यअभिकवृद्ध करमा दर्ता हुनेको संख्या १५ र अन्तशुल्कमा दर्ता हुनेको संख्या २३ प्रतिशतले बढेको छ ।

    ६ महिनामाको अवधिमा प्यान लिनेको संख्या नौ लाख ६७ हजार ५४० पुगेको छ। त्यस्तैभ्याटमा दर्ताहुनेको संख्या ३४ हजार १४२ र अन्तशुल्कमा दर्ता हुनेको संख्या १७ हजार ९३५ ले बढेको छ। हालसम्ममा प्यानमा दर्ता हुनेको संख्या ३१ लाख ३२ हजार पुगेको छ , भने अन्तशुल्कमा नौ लाख ५३ हजार र भ्याटमा दुई लाख ४६ हजार पुगेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार