Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कोशीको राजनीतिक घटनाक्रमको जिम्मेवार म पनि हुँ : उद्धव थापा

    कोशीको राजनीतिक घटनाक्रमको जिम्मेवार म पनि हुँ : उद्धव थापा

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 732
    SHARES

    विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेसका नेता उद्धव थापाले सरकार निर्माणका क्रममा देखिएको घटनाक्रमप्रति आफू पनि कारक रहेको बताएका छन् ।

    विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका थापाले यस्तो बताएका हुन् ।



    थापाले भने, ‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो । पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्‌नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरे । आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’



    उनले नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई बधाई ज्ञापन पनि गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार