Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • राजनीतिमा चिसो र तातो भइरहन्छ, कोशीमा एमालेले के गर्छ थाहा छैन : प्रधानमन्त्री प्रचण्ड

    राजनीतिमा चिसो र तातो भइरहन्छ, कोशीमा एमालेले के गर्छ थाहा छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 465
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको मुख्यमन्त्री कांग्रेसका केदार कार्की भएको बताएका छन् ।

    आज चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले गठबन्धनको प्रमुख घटक कांग्रेसको आन्तरिक विवादका कारण कोशीमा समस्या आएको बताएका हुन् ।



    कोशीको राजनीतिक विवादको विषयले राजनीतिक दलहरूबीच समस्या आएपनि त्यसलाई समाधान गर्न र गठबन्धन बलियो बनाउन तयार रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।



    प्रधानमन्त्री प्रचण्डले भने,’केदार कार्की हामी सबैको मुख्यमन्त्री हो । त्यो समस्या जसरी सोचिएको थियो र मिडियामा जसरी चर्चा-परिचर्चा चलेको थियो त्यस्तो छैन । चिसो र तातो त राजनीतिमा भइरहन्छ । गठबन्धन भित्र विवाद हुँदा झन् बलियो बनाउन सहयोग हुन्छ ।’

    गठबन्धनलाई बलियो बनाउनका लागि माओवादी र कांग्रेस नेताहरू दृढ रहेको पनि प्रधानमन्त्रीको भनाइ छ। कोइराला पक्षका केदार कार्कीले कांग्रेसको निर्णय अस्वीकार गरी एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेपछि सत्तारुढ गठबन्धनमध्ये कांग्रेस र माओवादीका शीर्ष नेताहरू बसेर शनिबार बिहान सहमति गरेका थिए ।

    उनले केदार कार्की अब गठबन्धनकै मुख्यमन्त्री भएकाले सबैले विश्वासको मत दिने बताए । उनले सर्वपक्षीय सरकार बनाउने असम्भव नभएपनि तत्काल सम्भावना नभएको दाबी गरे । उनले आफूहरुले विश्वासको मत दिने भइसकेको बताउँदै एमालेले के गर्छ ? हेर्न बाँकी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार