काठमाडौं । एकदिवसीय विश्वकपको समूह चरणको खेलमा पाकिस्तानले भारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
भारतले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले पहिलो ब्याटिङ गर्ने भएको हो । जारी प्रतियोगितामा दुवै टिमले २/२ खेल जितेका छन् ।
तर रनरनेटमा भारत अगाडि छ । इशान किसानको ठाउँमा भारतले शुभमन गिललाई टिममा स्थान दिएको छ ।
एक अर्काका कट्टर प्रतिस्पर्धी देश भएको हुनाले यी दुईबीचको प्रतिस्पर्धालाई ठूलो प्रतिष्ठाको रुपमा लिइन्छ ।
एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई ७ वटै खेलमा पराजित गरेको छ ।
भारतले यही प्रतिष्ठालाई निरन्तरता दिने तयारी गर्दा पाकिस्तान भने नयाँ अध्याय शुरू गर्ने दाउमा छ ।
Leave a Reply