काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता डा.शेखर कोइराला र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच गठबन्धन कमजोर नबनाउने सहमति भएको छ ।
कोशी प्रदेशमा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाए पनि सत्ता गठबन्धन कमजोर नबनाउने सहमति भएको हो । प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा कांग्रेस सभापति र नेता कोइरालाले यस्तो गठबन्धन दायाँबायाँ नहुने लिखित सहमति भएको छ ।
सहमतिमा सबैजना सत्ता गठबन्ध्नप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ ।
कोशी प्रदेशमा कांग्रेसका कोइराला पक्षका केदार कार्कीसहित ८ जना सांसदहरुले विद्रोह गरेर एमालेसँग मिली कार्की मुख्यमन्त्ती बनेसँगै प्रधानमन्त्री प्रचण्ड सशंकित बनेका छन् । कांग्रेससँगको बैठकमा प्रधानमन्त्रीले कांग्रेसले आन्तरिक विवाद मिलाए आफ्ना उम्मेदवार इन्द्र आङ्बोलाई ब्याक गराउने बताएका थिए ।
सहमति पत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं।’
कोशीमा वर्तमान गठबन्धन भत्किएर एमाले र कांग्रेसको सत्ता समिकरण बनेसँगै प्रधानमन्त्री प्रचण्ड सशंकित बनेका हुन्। केन्द्रको सरकार पनि कांग्रेसका शेखर कोइरालाले कदम चाल्ने राजनीतिक वृतमा चर्चा चल्न थालेपछि उनीहरुबीच आज बिहान छलफल भएको हो।
कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थन लिएर बहुमत पुर्याउँदै कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो।
Leave a Reply