विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुने पक्का भएको छ ।
मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङलेले तयारी गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।
नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेका हुन् । बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
गठबन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो भने सनाखतमा सहभागी भएनन् ।
Leave a Reply