काठमाडौं । विशेष अदालतले नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई ६ वर्ष कैद र ६० लाख ७५ हजार जरिवाना सुनाएको छ ।
बिहीबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासबाट यस्तो फैसला आएको हो ।
आदेश अनुसार कार्कीलाई ६० लाख ७५ हजार रुपैयाँभन्दा बढी जरिवाना र उति नै रकम बिगो असुलउपर हुने उल्लेख छ ।
प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोल पम्पमा रहँदा कार्कीले एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।
असइ कार्कीले इन्धन भराउन आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्टाचार गर्ने गरेको पुष्टि भएको थियो ।
Leave a Reply