Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • बाँके र सर्लाहीका एसपी तानिए, बोहरा र धिताललाई पठाइयो

    बाँके र सर्लाहीका एसपी तानिए, बोहरा र धिताललाई पठाइयो

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 24.8K
    SHARES

    काठमाडौं । कमजोर कमाण्डका कारण शान्ति सुरक्षा खस्किएपछि प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई कारबाही स्वरुप हटाएको छ ।

    बाँकेका एसपी सन्तोषसिंह राठौर तथा सर्लाहीका नरेशराज सुवेदीलाई प्रहरी प्रधान कार्यालयले बिहीबार हटाएको हो । निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले उनीहरुको काज सरुवा गरेका हुन् ।



    बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ । बिहीबार नै गृह मन्त्रालले बाँकेका सिडिओ विपिन आचार्य र सर्लाहीका इन्द्रदेव यादबको सरुवा गरेको थियो ।



    ती दुई जिल्लामा हालै हिन्दु–मुस्लिम टकराव बढेर शान्ति सुरक्षा बिग्रिएको थियो । जसमा सिडिओ र एसपीको भूमिका कमजोर देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार