Online Nepal
  • शनिबार, २० पुष २०८१
  • शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा पर्‍यो, समाधानको प्रयास गरिरहेको छु : प्रधानमन्त्री

    शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा पर्‍यो, समाधानको प्रयास गरिरहेको छु : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 717
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंग्याउने विषयलाई पेचिलो बनाउने प्रयास भइरहेको बताएका छन् ।

    द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूले ‘संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताए ।



    ‘शान्ति प्रक्रिया टुंग्याउने विषयलाई पेचिलो बनाउने प्रयास भैराखेको छ। शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन निकै सकस पैदा गर्ने कोशिस भैराखेको छ। पछिल्लो समय सदनका बसह हेर्नु भएकै छ, शान्ति सम्झौताका सहयात्री नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ,’ प्रधानमन्त्रीले भने ।



    विभिन्न चुनौतिकाबीच आफूले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित बनेका सबैका समस्या समाधन र उनीहरूका पिडा पक्षविपक्ष नभनेर समाधानको प्रयास गरिराखेको उनले दाबी गरे ।

    पछिल्लो समय संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा वातावरण परिर्वतनका कारणले नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान जाने गरी महासभामा विषयको उठान गरेको पनि उनले बताए। ‘मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्नसक्ने बताउँदै सम्बोधन गर्दा अन्तर्राष्ट्रिय रूपमानै तरंगित भएको छ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार