Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • सात किलो अवैध चाँदीसहित काभ्रेबाट भारतीय नागरिक पक्राउ

    सात किलो अवैध चाँदीसहित काभ्रेबाट भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 666
    SHARES

    संकेतिक तस्विर

    काभ्रे । सशस्त्र प्रहरीले काभ्रेबाट सात किलो अवैध चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बिहारको चम्पारण ग्राम पञ्चायत नागटोल–६ घर भएका २९ वर्षीय अश्विनी सर्राफ रहेका छन् ।



    सर्राफलाई सशस्त्र प्रहरीले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर–८, स्थित सिनाकालबाट ७ किलो २ सय ग्राम अवैध चाँदीसहित पक्राउ गरेको हो ।



    बिहीबार बिहान ८ बजे वीरगन्जबाट बनेपा आएको रात्रि बसमा बिहारको चम्पारण ग्राम पञ्चायत नागटोल–६ घर भएका २९ वर्षीय अश्विनी सर्राफलाई सशस्त्र प्रहरी उपरीक्षक अच्युतकुमार मजगैयाँको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

    सशस्त्र प्रहरी बल, नेपाल नं.१५ गण हेडक्वार्टर काभ्रेका अनुसार, सर्राफको साथबाट चाँदीजस्तो देखिने सिक्का, मंगलसूत्र, गिलास, मालाको दाना, चुरा, पाउजु, ब्रास्लेट, विभिन्न साइजको सिक्री बरामद गरिएको छ ।

    सर्राफलाई नियन्त्रणमा लिई बरामद भएको वस्तुलाई आवश्यक प्रक्रिया पुर्‍याई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार