Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपाल टेलिकम सर्भर ह्याक गर्ने धराैटीमा रिहा

    नेपाल टेलिकम सर्भर ह्याक गर्ने धराैटीमा रिहा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउसा ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाइ
    धराैटीमा रिहा गरेकाे हाे। उनलाई काठमाडौं जिल्ला अदालतलबाट साउन १४ गते न्याधिश कमलप्रसाद पोखरेलको आदेशले ५० हजार रुपैयाँ धरौटीमा छोडेको हाे।

    नेपाल टेलिकमको २४ हजार रुपैयाँ नाोक्सान गरेको अनुसन्धानबाट खुलेपछि उनीविरूद्द मुद्दा गरिएकाे थियाे।नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्ने देउजाले २४ हजार नोक्सान गरेको विभिन्न अनुसन्धानहरुले खुलेकाे प्रहरीले जनाएकाे छ।



    देउसाले नेपाल टेलिकमका विभिन्न प्याकेजहरुमा नियन्त्रण राखेर आर्थिक लाभ लिएको प्रहरीले दावी गर्दै आएको थियो । विभिन्न समयमा आर्थिक चुहावट हुँदै आएको देखिएपछि नेपाल टेलिकमले असार १२ गते उजुरी गरेपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । घटना बारे बुझ्दै जाँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार ३१ गते २८ वर्षीय देउसालाई धनकुटाबाट पक्राउ गरेको थियो ।



    प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा देउजाले पटक–पटक पहुँच बनाएर नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गर्दै आएको साइबर ब्युरोले बताएको छ ।ब्युरो स्रोतका अनुसार उनले टेलिकमका विभिन्न प्याकेज प्रयोग तथा बिक्री गरी २४ हजार जतिको रिचार्ज गरेका छन् । उनी त्यसबाट मासिक रुपमा लाभ लिँदै आएको ब्युरोले बताएको छ । विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि देउजालाई सो दिननै सीआइबीले नेपाल प्रहरी साइबर ब्युरोमा पठाएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार