काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले घरेलु टिम भारतविरुद्ध २७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतको नयाँदिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७२ रनको योगफल खडा गर्यो ।
अफगानिस्तानका हश्मतुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए । यस्तै अजमतुल्लाह ओमरजाईले ६२ रन जोडे । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ४ र हार्दिक पान्ड्याले २ विकेट लिए ।
दुवै टोलीको यो दोस्रो खेल हो । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई हराउँदै अफगानिस्तान बङ्गलादेशसँग पराजित भएको थियो ।
Leave a Reply