Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • रिगललाई पुन: जेल चलान गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

    रिगललाई पुन: जेल चलान गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 831
    SHARES

    काठमाडौं । संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका योगराज ढकाल (रिगल)को कैद कट्टा गरेको विरोधमा माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

    महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी रिगललाई जेल चलान गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनलाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छन्।



    उनीहरूले चेतन मानन्धरको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै शान्तिपूर्ण खबरदारी बिरोध र्‍याली निकालेका छन्। राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाएर उनीहरू माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्‍यालीको आयोजना गरेका छन् ।



    खुँडा प्रहार गरेर व्यक्तिहत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो ।

    रिगललाई रिहा गरेको बारेमा परेको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।

    नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थियो। रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार