काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छभन्ने विश्वास आम मानिसलाई नरहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले भने,’अख्तियारले भ्रष्टाचारका ठूला काण्डलाई मिलाइदिन्छ र ढाकछोप गर्छ भन्ने धारणा बनेको । यसले अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठेको छ । जरामै समस्या छ । नियुक्तिको भागबन्डा छ । नियुक्तिको मापदण्ड नबदली परिणाम दिँदैन ।’
महामन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला काण्डलाई ढाकछोप गर्छ भन्ने गुनासो आउने गरेको बताए ।
महामन्त्री थापाले अख्तियारले ठुला माछालाई बचाउने गरेको बताए । उनले अख्तियारका प्रमुख आयुक्त र आयुक्त नियुक्तिको मापदण्ड नबदलेसम्म परिणाम नआउने बताए ।
Leave a Reply