Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • भन्सार छलेर ल्याइएको १२ लाखको कपडा बरामद

    भन्सार छलेर ल्याइएको १२ लाखको कपडा बरामद

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 648
    SHARES

    नवलपरासी । प्रहरीले भन्सार छलेर ल्याइएको १२ लाख बराबरको कपडा बरामद गरेको छ।

    नवलपरासीको सराव गाउँपालिका-७ बुलन्दपुरबाट भन्सार छलेर ल्याइएको सामान बरामद गरेको हो।



    भन्सार छलेर कपडा ल्याउँदै गरेकाहरू प्रहरीलाई देखेर कपडा फालेर भागेका थिए।



    उक्त कपडाहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने तयारी गरिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेशपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार