Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नक्कली सुनकाण्डमा ट्वीस्ट: जवानको हातमा दिइएको थियो सुनकाे पाेका

    नक्कली सुनकाण्डमा ट्वीस्ट: जवानको हातमा दिइएको थियो सुनकाे पाेका

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । नक्कली सुनकाण्डमा ट्वीस्ट नयाँ ट्वीस्ट बाहिर आएको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले पछ्याउँदै गएपछि गाडीबाट सुन फ्याकेको नभई प्रहरी जवानको हातमा दिइएको अनुसन्धानबाट खुलेेकाे छ। नक्कली सुनकाण्डमा आधा किलो सुन र साढे १४ किलो चाँदी बरामद भएकाे थियाे।

    एसएसपी सुशीलकुमार यादव नेतृत्वको छानविन समितिका एक अधिकृतका अनुसार दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई समेत गलत सूचना दिएर प्रहरी जवान बहादुरसिंह कडायतले सुन्धारामा सुन लिएको पाइएको छ। घटनास्थल वरपरको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजले यसलाई पुष्टि गरिसकेको छ । भने घटनामा पक्राउ परेका तीन अभियुक्तले कडायतलाई सुन दिएको बयान दिएपछि यस प्रकरणमा नयाँ ट्वीस्ट बाहिर अाएकाे हाे।



    जवान कडायत लामो समय लाजिम्पाट विटमा काम गरेका थिए । त्यहीँ उनको जेम एण्ड ज्वलरी पसलका सञ्चालक कौशल पटेलसँग चिनजान भएको थियो । पटेल तिनै हुन्, जसले अवैध १५ किलो सुन आउँदैछ भन्ने सूचना कडायतलाई दिएका थिए । कडायतले यो सूचना दरबारमार्ग प्रहरीका घुमुवा प्रसन श्रेष्ठलाई दिएका थिए । र, श्रेष्ठले डीएसपी दाहालसम्म याे सूचना पुर्याएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार