काठमाडौं प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।
हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।
महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
Leave a Reply