Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्रीले गरे कुरा, विमान पठाउने आश्वासन

    इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्रीले गरे कुरा, विमान पठाउने आश्वासन

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 480
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन्।

    प्रधानमन्त्री कार्यालयबाट प्रचण्डले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडिओ कुराकानी गरेका हुन्। त्यसक्रममा सुवेदीले आफूहरूलाई छिटो नेपाल फर्काउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।



    जवाफमा प्रधानमन्त्रीले अप्ठेरोमा परेका नेपालीहरूलाई नेपाल फर्काउन विभिन्न उपायहरू अपनाइरहेको भन्दै नआत्तिन र सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।



    कुराकानीमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई उद्धार गर्न सरकार तीन दिनदेखि लागिरहेको बताएका छन्।

    उनले यही विषयमा छलफल गर्न मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाइएको जानकारी गराए।

    उनले सरकारले गरेको प्रयासका बारेमा त्यहाँ रहेका विद्यार्थीहरूलाई पनि कम्युनिकेट गरिदिन सुवेदीलाई आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार