काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैं तिहारलाई लक्षित गरी धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङलाई नि:शुल्क बनाएको छ।
महानगरपालिकाले दसैं, दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ नि:शुल्क रूपमा खोलेको हो ।
४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। त्यहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने जनाइएको छ। यस्तै, धरहराको उत्तर-पूर्व ढोकाबाट पार्किङ स्थल जान सकिने छ।
उक्त क्षेत्रमा नि:शुल्क पार्किङको व्यवस्था गरेसँगै सुनधारा लगायतका क्षेत्रमा दसैंका लागि किनमेल गर्न आउने ग्राहकहरुलाई सहज हुने महानगरले जनाएको छ।
Leave a Reply