काठमाडौं । अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मोजाहिदका अनुसार भूकम्पमा परी २ हजार ५३ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४० जना घाइते भएका छन् ।
यस्तै १ हजार ३ सय २० घर पूर्ण तथा आशंका रूपमा भत्किएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने तालिबान सरकारले आशंका गरेको छ ।
अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात प्रान्तनजिकै शनिबार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
Leave a Reply