Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • सरुवा माग्दै इन्जिनियरहरू

    सरुवा माग्दै इन्जिनियरहरू

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 594
    SHARES

    काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत विभिन्न निकायमा कार्यरत इन्जिनियर तथा सब इन्जिनियरहरूको नियमित सुरुवा रोकिएको छ । मन्त्रालय अन्तर्गत रहेका १३ सय बढी इन्जिनियर तथा सब इन्जिनियरहरू सरुवा माग गर्दै सडक विभागमा हुलहुज्जत गर्न थालेका छन् ।

    कार्यक्षेत्र छाडेर विभागमा उनीहरू जम्मा हुँदा सम्बन्धित ठाउँको मात्र होइन विभागको समेत काम प्रभावित हुन पुगेको छ । शुक्रबार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको कार्यकक्षभित्र अमर्यादित तरिकाले प्रस्तुत भएका उनीहरूले आइतबार दिनभरि बबरमहलस्थित सडक विभागको कार्यालयमा त्यस्तै हर्कत गरेका छन् ।



    उच्च कर्मचारीहरूको कोठा र कोठामा पुगी आक्रोश पोखेका थिए भने मन्त्रालयमा पनि उनीहरूले उस्तै तरिकाले विरोध गरे ।



    सडक विभागका प्रवक्ता रामहरि पोखरेलले विभिन्न जिल्लाबाट काठमाडौंमा आएर बसेका इन्जिनियरलाई आ-आफ्नो जिल्लामा अनिवार्य रूपमा फर्कन निर्देशन दिएको बताए । भौतिक पूर्वाधार मन्त्रालयको तथ्यांकअनुसार अहिले देशभरि इन्जिनियर करिब पाँच सय तथा सबइन्जिनियर (नायब सुब्बा सरह) करिब आठ सय छन् । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार