Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एकदिवसीय विश्वकप : अष्ट्रेलियाले भारतलाई दियो २ सय रनको लक्ष्य

    एकदिवसीय विश्वकप : अष्ट्रेलियाले भारतलाई दियो २ सय रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 729
    SHARES

    काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत अष्ट्रेलियाले भारतलाई २ सय रनको लक्ष्य दिएको छ ।

    चेन्नईमा भइरहेको खेलमा टस जितेर अष्ट्रेलिया ब्याटिङ रोजेको थियो। ४९.३ ओभर अलआउट भएको अष्ट्रेलियाले भारतलाई २ सय रनको मध्यम लक्ष्य दिएको हो।



    अष्ट्रेलियाका लागि स्टेभन स्मिथ सर्वाधिक ४६ रन बनाए। डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८, मार्नस लाभुसचानेले २७ र ग्लेन म्याक्सवेल र प्याट कमिन्सले समान १५ रनको योगदान गरे।



    बलिङतर्फ भारतका रवीन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए। जसप्रित बुमराह र कुलदीप यादवले समान २/२ विकेट लिँदा मोहम्मद सिराज, हार्दिक पाण्ड्या र रवीचन्द्रन आश्विनले १/१ विकेट हात पारे।

    अब केहीबेरमै भारतले जवाफी ब्याटिङ गर्ने छ। जारी विश्वकपमा भारत र अष्ट्रेलिया दुबैको यो पहिलो खेल हो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार