Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राष्ट्रपतिको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ सकियो

    राष्ट्रपतिको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ सकियो

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 759
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले ब्यहोर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर रिटमा सुनुवाइ सकिएको छ ।

    आइतबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो ।



    राष्ट्रपतिको उपचार खर्च सरकारले ब्यहोर्ने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको र राष्ट्रपति आँफैले उपचार खर्च ब्यहोर्ने भन्दाभन्दै सरकारले दिन खोजेको भन्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।



    राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा समस्या देखिएपछि गत वैशाख ६ गते एयर एम्बुलेन्समार्फत् उपचारका लागि दिल्लीको एम्स अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार गरी वैशाख १७ गते राष्ट्रपति पौडेल नेपाल फर्किएका थिए ।

    नेपाल फर्किएलगत्तै राष्ट्रपति पौडेलको सचिवालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको उपचारमा लागेको खर्च आँफै ब्यहोर्न चाहेको बताएको थियो ।

    तर राष्ट्रपति पौडेलले भारतमा भएको उपचारको खर्च आँफै ब्यहोर्न चाहेको विज्ञप्ति जारी गरेको केही समयपछि नै मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार