Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • परराष्ट्रमन्त्री साउदले भने – इजरायलमा १२ नेपाली सम्पर्कबिहीन भएका छन्

    परराष्ट्रमन्त्री साउदले भने – इजरायलमा १२ नेपाली सम्पर्कबिहीन भएका छन्

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 486
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे आज सदनलाई जानकारी गराएका छन् ।

    परराष्ट्रमन्त्री साउदले प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेकोआक्रमणमा परी १२ नेपाली सम्पर्कविहीन भएको बताए।



    परराष्ट्रमन्त्री साउदले भने, ‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ।’



    इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले राख्न, उद्धार तथा सहयोग गर्नको लागि आवश्यक सहजीकरण र समन्वय भइरहेको बताए ।

    प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा ९ जना नेपाली घाइते भएका थिए।

    परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा पनि हमासले आक्रमण गरेको जनाएको छ। आक्रमणमा परी ९ जना नेपाली घाइते भएकोमा २ जनाको अवस्था गम्भीर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार