Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बीआरआई कार्यान्वयनका लागि छिट्टै योजना बनाएर काम गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    बीआरआई कार्यान्वयनका लागि छिट्टै योजना बनाएर काम गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 873
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीआरआई कार्यान्वयका लागि सरकारले छिट्टै कार्ययोजना बनाउने बताएका छन् ।

    नेपाल चीन फ्रेण्डसिप फोरमद्वारा आयोजित ‘बीआरआईको एक दशक व्यापार, लगानी र सम्पर्क सञ्जाल’ को विषयमा आयोजना गरेको अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    चीनले अघि सारेको बीआरआई परियोजनालाई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।



    नेपालमा विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए ।

    वित्तीय लगानी नीतिमा मसिनो ढंगले छलफल गर्नुपर्ने र चीनले आफ्ना कतिपय नीतिमा पुनर्विचार गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले भने,‘समयबद्ध कार्यतालिका बनाएर छिटो काम गर्नुपर्ने छ । सरकार त्यस दिशामा गम्भीर रुपमा अगाडि बढेको जानकारी गराउँछु ।’

    उनले बीआरआई परियोजना कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत समस्या हटाउन नेपाल सरकारले पहल गर्ने समेत बताए ।

    प्रधानमन्त्री प्रचण्डले बीआरआईको वित्तीय लगानी मोडलको विषयमा अझै मसिनो ढंगले छलफल गर्ने बताए । चीनले त्यसका केही नीतिमा परिवर्तन गर्नु आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार