Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एकजना बेपत्ता

    तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एकजना बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 531
    SHARES

    फाइल फोटो

    हुम्ला । कर्णाली नदी तर्ने क्रममा तुइनको डोरी चुँडिएपछि हुम्लामा १ जना पुरुष नदीमा बेपत्ता भएका छन् ।

    जिल्लाको सर्केगाड गाउँपालिका–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ।



    कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएको थिए।



    कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार