Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 645
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सिंहदरबारमा भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको हो ।



    भेटपछि बोल्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए।



    उनले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको बताए। उनले सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा छलफल भएको बताए।

    यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीचको सम्बन्धलाई कसरी घनिभुत र बलियो बनाउने भन्नेबारेमा प्रदेश र जिल्लाका संयन्त्र बनाएर कतिपय ठाउँमा देखिएका समस्या र गुनासोलाई सम्बोधन गर्नेबारेमा पनि छलफल भएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार