Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मोटरसाइकललाई ठक्कर दिएर भागेका ट्रक चालक पक्राउ

    मोटरसाइकललाई ठक्कर दिएर भागेका ट्रक चालक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 750
    SHARES

    मोरङ । प्रहरीले मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका ट्रक चालकलाई पक्राउ गरेको छ ।

    असोज २ गते मोरङको कटहरी गाउँपालिका-४ चम्राही चोकमा प्रदेश १-०५००१ ख ००७७ नम्बरको ट्रकले ठक्करबाट को १३ प ३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।



    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोरङको बुढिगंगा गाउँपालिका-१ का ३५ वर्षीय चन्द्रमणी अधिकारीको उपचारका क्रममा कोशी अस्पतालमा असोज १८ गते मृत्यु भएको थियो।



    घटनापछि फरार रहेका ट्रकका चालक सिराहाको कल्याणपुर नगरपालिका-१२ का ४० वर्षीय श्यामसुन्दर महतोलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका महतोविरूद्ध जिल्ला अदालतबाट सवारी ज्यान कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार