Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • नेपालगञ्जमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी, बेलुका ८ बजेदेखि भने कर्फ्यु कायम

    नेपालगञ्जमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी, बेलुका ८ बजेदेखि भने कर्फ्यु कायम

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 996
    SHARES

    नेपालगञ्ज । नेपालगञ्जमा कर्फ्यु आदेश हटाइएको छ । शनिबार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको हो ।

    आज बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।



    बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यु कायम रहने प्रशासनले जनाएको छ । निषेधाज्ञामा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टास्न वा लेख्न पाइने छैन ।



    यस्तै हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार