Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बझाङ भूकम्प पीडितलाई घर बनाउन ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

    बझाङ भूकम्प पीडितलाई घर बनाउन ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 693
    SHARES

    बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् ।

    भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री प्रचण्डले पीडितलाई आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् ।



    उनले सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि चाँडै पहल गर्ने बताए।



    बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।

    प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्‍याएका घरहरूको अवलोकन गरेका थिए।

    त्यस्तै, बझाङ भूकम्पपीडितलाई अस्थायी घर बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन्।

    गत मंगलबार २ पटक आएको भूकम्पले एक जनाको मृत्यु र घर तथा भवनमा क्षति पुर्‍याएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार