Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ६० किलो सुन तस्करी प्रकरण : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस पूरा

    ६० किलो सुन तस्करी प्रकरण : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस पूरा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 798
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ ।

    जिल्ला अदालत काठमाडौंका अनुसार आज प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएको हो । अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा अब सरकारी वकिलहरूले जवाफ दिँदैछन् ।



    जिल्ला न्यायाधीवक्ता जनकप्रसाद घिमिरेसहित ३ जना सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् । सुन प्रकरणमा अहिले २६ जना थुनामा छन् । जवाफी बहस सकिएपछि प्रतिवादीलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागी थुनामा पठाउने भन्नेबारे आदेश आउने छ ।



    चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालक हुन् ।

    तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन्।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा प्रहरीले उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार