काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले इन्डियन प्रिमियल लिग (आईपीएल) को टिम राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्ने भएको छ ।
नेपाली क्रिकेट टिमले आसन्न ट्वान्टी–२० विश्वकपको तयारीका लागि भारतको नागपुरमा १० दिन ‘हाई पफर्मेन्स’ प्रशिक्षण गर्ने भएको हो ।
त्यसका निम्ति नेपाली टिम आजै भारत गएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोट यही अक्टोबर ३० देखि नेपालमा नै हुने तालिका छ ।
Leave a Reply