जनकपुरधाम । सामाजिक सन्जालमा महोत्तरीको जलेश्वर नगरपालिका मेयरको आलोचना गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का ४० वर्षीय बद्रीनाथ झा छन् ।
जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारविरुद्ध सामाजिक सन्जाल फेसबुकमा लेखेको आरोपमा उनलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।
मेयर सोनारले झाविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा साइबर अपराधसम्बन्धी जाहेरी दर्ता गराएका थिए । सोही आधारमा झालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनीमाथि प्रहरीले जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपेर अनुसन्धान थालेको छ ।
Leave a Reply