Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • माओवादी सचिव आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

    माओवादी सचिव आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 972
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार बिहान वीर अस्पतालमा भर्ना भएर उपचाररत आचार्यलाई भेटेका हुन्।



    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न वीर अस्पताल पुगेका थिए । पार्टीको रुपान्तरण अभियान अन्तर्गत सुदूरपश्चिमका जिल्लामा क्रियाशील रहेको बेला आचार्य अस्वस्थ भएका थिए ।



    मंगलबार अछामको साँफेबगरको कार्यक्रममा सहभागी हुन गएका बेला आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि बयलपाटा अस्पताल लगिएको थियो ।

    त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरबाट बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज हुँदै बुधबार वीर अस्पताल ल्याएर भर्ना गरिएको थियो ।

    चिकित्सकहरुले आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रचण्डलाई जानकारी गराएका छन्। आचार्यको एक्कासी ढलेको र उनको दाहिने हात खुट्टा नचलेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार