Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रचण्ड नेतृत्वको सरकार कांग्रेसले छाड्नु पर्छ, मुलुक बर्बाद हुन थाल्यो : शेखर कोइराला

    प्रचण्ड नेतृत्वको सरकार कांग्रेसले छाड्नु पर्छ, मुलुक बर्बाद हुन थाल्यो : शेखर कोइराला

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार कांग्रेसले छाड्नुपर्ने बताएका छन् ।

    बुधबार कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    उनले प्रचण्डु नेतृत्वको सरकार जति दिन टिक्छ मुलुक त्यतिनै बर्बाद हुने बताए । नेता कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नभए कांग्रेसले सरकार छाड्नुपर्ने धारणा राखे ।



    उनले अब दुई वटा विकल्पमात्र भएको भन्दै कांग्रेस नेतृत्वमा सरकार बन्नु अपरिहार्य भएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार